Logo

युभेन्ट्सद्वारा सालेरनिटाना पराजित

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा गएराति भएको खेलमा युभेन्ट्स सालेरनिटानालाई पराजित गरेको छ । युभेन्ट्सले सालेरनिटानालाई उसकै घरेलु मैदानमा  २–० ले पराजित गरेको हो ।खेलको २१ औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ७० औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।…