काठमाडौं । पन्जाब किङ्सलाई १७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स चौथो स्थानमा इक्लिएको छ । सोमबार राति दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो । पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ४ विकेट हात पारे…