काठमाडौं । चीनमा १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरेका हुन् । १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसकेपनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा ४५ देशका खेलाडी सहभागी छन्…