काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुर जिल्लाको महाङ्काल गाँउपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको छ र समितिहरुले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले…