काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ । एसिया कपमा भारत र पाकिस्तानको खेल हार जितभन्दा पनि खुसीको पर्व जस्तै भएको उनले बताए ।