काठमाडौं । अखिल नेपाल फुटबल संघको आकस्मिक कार्यसमितिको बैठकले विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा संघको ४० प्रतिशत सदस्य संस्थाहरुले भदौ २५ गते संघमा दर्ता गराएको संघको अध्यक्ष र महासचिवको बर्खास्तको प्रस्ताव उपर छलफल भएको थियो । निर्णयअनुसार…