विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज कोशी र मधेश प्रदेश टिमबीच प्रतिस्पर्धा हुँदैछ । आजै हुने अर्को खेलमा लुम्बिनी र गण्डकीले प्रतिस्पर्धा गर्ने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए । खेल बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा दिउँसो २ बजे सुरु हुँनेछ…