Logo

खेलकुद

एनपीएल  पोखरा एभेन्जर पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार)भएको दोस्रो खेलमा पोखरा एभेन्जरले हार व्यहोर्नु परेको छ । पोखरा एभेन्जर १३।२ ओभरको खेलमा अलआउट भएका छ ।

पोखराले १३।२ ओभरको खेलमा १० विकेट गुमाएर ७४ रन मात्र बनाएका हुन् । पोखराले टस जितेर पहिलो बलिङ रोजेको थियो । पोखराले पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्न सकेन् ।

चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएको थियो ।

चितवनले सोमबारको खेलमा पनि काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : १८ बजे