काठमाडौं । तराईका आदिवासी थारू समुदायका महिलाहरुले आज(मंगलबार)देखि जितिया पर्व मनाउन सुरु गरेका छन् । सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरुवात गरेका हुन् । योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ । जितियामा छोरी, चेली दिदीबहिनाहरू माइतमा आएका छन्…