काठमाडौँ। बुद्ध धर्मका गुरू ४१औं शाक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । बौद्धस्थित एक क्याफेमा व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको छ । संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्व जगत र प्राणीमा सद्भाव…