काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दूराष्ट्रको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको…