काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाबीच पार्टीको नेतृत्व परिवर्तन र विशेष महाधिवेशनबारे बुधबार छलफल भएको छ। भदौ २३ र २४ पछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने माग गर्दै आएका कोइराला र विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्री थापाबीचको छलफल नेतृत्व परिवर्तनमा केन्द्रित भएको…