काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।…