काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले संसद समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतीको अभ्यास सरकारले गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएतापनि त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताए । उनले भने, ‘दुई वटा ठूला दल…