काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले आगामी निर्वाचनमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई भोट हाल्न पाउने व्यवस्था सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत दर्शनाले हालको सरकारले २०८४ सालको निर्वाचनसम्म रेमिट्यान्स पठाउने नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट पारेकी हुन्। उनले लेखेकी छन्, “२०८४ को निर्वाचनमा…