काठमाडौं । मधेस प्रदेश सरकारले बेरोजगार युवा र किसान लक्षित नयाँ आर्थिक सहयोग कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानलाई संघीय सरकारबाट दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान निरन्तरता दिन लिखित अनुरोध गर्ने तयारी भएको बताए। अनुदान रोकिनुका कारण किसान र उद्योग दुवै समस्यामा परेकाले बक्यौता रकम छिटो निकासा गर्न प्रदेश…