काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसले चुनावमा कुनै पनि प्रकारको ‘थ्रेट’ वा दबाब स्वीकार नगर्ने स्पष्ट पारेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ पुष्पा भुसालले निर्वाचनको वातावरण सुरक्षित र निष्पक्ष बनाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन्। उनले मतदाता, उम्मेदवार, मतदान केन्द्र तथा समग्र चुनावी वातावरणलाई सुरक्षित बनाउन…