काठमाडौं । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुन घरदैलोमा पुगि निमन्त्रणा दिन कार्यको औपचारिक सुरुवात गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सुरु गरेका हुन् ।यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै…