काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । असार २४ गते रसुवागढीमा आएको आकस्मिक बाढीबाट मानवीय तथा भौतिक क्षति भएको भन्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना तथा हराएका व्यक्तिको खोज…