काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार सस्मित पोखरेलले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । सोमबार उनले टोखा क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमका क्रममा उनले मतदाताबाट उत्साहजनक समर्थन पाएको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पोखरेलले घरघर र…