काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए । समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको बताए ।…