काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङलाई जिताउनको लागि उनी फिल्डमा उत्रिएका हुन् । यसअघि पनि उनले इलाममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । आज भने उनी झापाको चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । विमानस्थलमा ओलीलाई…