काठमाडौं । नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत प्रशिक्षण दिने भएको छ । संसदको बजेट अधिवेशन सुरु हुनुभन्दा एकदिन अघि २७ गते बिहीबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले ऐन संशोधनका लागि आउने विधेयक र अरु महत्वपूर्ण बिषयमा आफ्नो…