काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र एमाले नेता रमेश लेखकलाई पक्राउ गरेर थुन्नुलाई नै सुशासन ठानेको टिप्पणी गरेका छन्। आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले सरकारको यो कदमप्रति असन्तोष व्यक्त गरेका हुन्। उनले भने, “ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको छ।”…