काठमाडौं । नेपाल सरकारले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक माध्यम र टेबल टकमार्फत समाधान गर्ने स्पष्ट अडान दोहोर्याएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवाद समाधानका लागि दुवै देशबीच पहिलेदेखि नै विभिन्न कूटनीतिक संयन्त्रहरू सक्रिय रहेको बताए । उनका अनुसार परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी विषयमा आवश्यक ब्रिफिङ…