काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरुको आवश्यकता भएको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘सार्वभौमिकता : सीमा र पानी’ छलफल कार्यक्रममा उनले अस्थिरता अन्त्यका लागि जनमत विभाजित हुने धेरै राजनीतिक दलहरु होइन बलिया राजनीतिक दलहरुको आवश्यकता भएको भन्दै यसले मात्र सार्वभौमसत्ता बलियो हुनसक्ने बताए । उनले भने, ‘लोकतन्त्रमा आइसकेपछि…