काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना रहेको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप…