काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘जेनजी’को प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका पार्टी कार्यालय, सञ्चारगृह तथा एमाले नेताहरूका निवास सोमबार निरीक्षण गरेका छन्। नेपालले पहिलोपटक भदौ २४ गतेको घटनापछि आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। त्यसपछि उनले एमाले महासचिव शंकर पोखरेलको निवास पुगेका थिए, जहाँ पोखरेलकी पत्नी सुजिता शाक्यसँग संवाद गरेका…