Logo

 समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडाैं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने जनाइएकाे छ । मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो । सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे बैठकमा छलफल…