काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी गडगडाउँदो खोला जस्तो बग्ने नदी भएकाले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने तर्क गरेका छन् । राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाएका उनले माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको…