चितवन — आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र गम्भीर संकटमा परेको आरोप लगाएका छन्। मकवानपुरको हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा आजपा मकवानपुर जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक व्यवस्थाको असफलताले सार्वजनिक ऋण अस्वीकार्य रूपमा वृद्धि भएको दाबी गरे। साहका अनुसार नेपालको सार्वजनिक ऋण २८ खर्ब…