काठमाडौं । सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले भने, शनिबारको सहमति अनुसार कार्यदलको बैठकमा समितिको कार्यदेश…