काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजबाट सुरु भएको छ । सोमबार काठमाडौंमा सुरु भएको बैठक मंगलबारसम्म चल्नेछ । पार्टी गठन भएपछि पहिलो आधिकारिक बैठक भएको कारण धेरै प्रस्तावहरु आएको राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । यस्तै, उनले प्रस्ताव धेरै भएको हुनाले दुई दिनको समय थोरै भएपनि…