काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिमा हुने सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। सम्मेलन आगामी भदौ १५ र १६ गते आयोजना हुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको छ र उपयुक्त समयमा विस्तृत जानकारी दिइनेछ। सम्मेलनमा एससीओ सदस्य राष्ट्रका सरकार प्रमुखहरू सहभागी हुनेछन्। भारतका…