काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना, राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि विभिन्न सुविधा दिने निर्णयसमेत गरेको छ ।…