काठमाडौं । काठमाडौंको पिंगलास्थानबाट ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसरको विशेष टोलीले शंकास्पद रूपमा गुडिरहेका दुई मोटरसाइकल रोकेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा तारकेश्वरका समुन्द्र जमकट्टेल, सप्तरीका गणेश राई, लमजुङका सन्तोष गुरुङ र सन्तोष घिमिरे रहेका छन्। रकमको वैधानिक स्रोत नखुलेपछि हुन्डी कारोबारको आशंकामा अनुसन्धान थालिएको…