काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत विकास विभागसमक्ष विद्युत आयोजना विकास तथा सञ्चालनसँग सम्बन्धित १३ बुँदे माग तथा सुझाव प्रस्तुत गरेको छ। इप्पानको टोलीले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमलाई भेटेर विद्युत उत्पादन, प्रसारण, अनुमतिपत्र, वातावरणीय स्वीकृति, आयोजना निर्माण तथा विद्युत व्यापारसँग सम्बन्धित समस्या समाधानका लागि सुधारको माग गरेको हो।…