काठमाडौं । पृथ्वीको स्वास्थ्यमा ध्यान दिन मानवीय कर्महरूलाई पृथ्वीमैत्री बनाउने उद्देश्यका साथमा ‘हिमालयन क्लाइमेट चार्टर २०२५’ कार्यक्रम घोषणा गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बिच बिवाइयान बल्याक याक ग्रुपको सहयोगमा नेपाल पर्वतारोहण संघ, सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सयुंक्त आयोजनामा उक्त कार्यक्रम घोषणा गरिएको हो । आर्कटिक र अन्टार्कटि…