काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउँदै प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना गरि नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बँगैचाका रूपमा सिँगार्न सक्नुपर्ने बताएका छन् । २१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आयोजित विशेष…