रामेछाप । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको बताएका छन् । रामेछाप नगरपालिका–८, भंगरीमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुई प्रमुख दलबीचको सहकार्यबाट मुलुकले एक वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गरेको बताए…