काठमाडौं । वर्षासँगै देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यस दिन पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ । यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ…