काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरुलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा भएको छलफलमा उनले नीति निर्माताले नागरिकहरुको रक्षाको उद्देश्यले रोक लगाएपनि गैरकानूनी रुपमा जाने कदमले झनै खतरा बढेको जस्तो लागेको भन्दै…