सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर आफुमाथि झुटा मुद्दा लगाएको दाबी गरेका छन् । आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे ।…