काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आइतबार निष्कर्षविनै टुंगिएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ–आफ्ना अडानमा कायम रहँदा कार्यदलमा सहमति हुन नसकेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । त्यस्तै, कार्यदल सदस्य…