काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ । सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबाट हामीहरु पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका छन् ।…