काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरु परिवर्तन गरेको छ । जिल्ला अदालतका केही न्यायाधीशहरु उच्च अदालतमा नियुक्त भएपछि आयोगले अधिकृतहरु परिवर्तन गरेको हो । जस अनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली…