Logo

गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य राखिएको छ । रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदिर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ । मैदान चारैतिर घेराबार गरिएको…