काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् । मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१÷०८२)मा सरकारको कुल बजेटमध्ये कम्तीमा एक प्रतिशत खेलकुदमा छुट््याउने गरी आन्तरिक तयारी गरिरहेको बताएका हुन् । नयाँ बजेटको सिलिङ तोक्ने काम माघ मसान्तभित्र हुने र फागुनमा सिद्धान्त साथै प्राथमिकताहरु पेश हुने भएकाले सबै…