काठमाडौं — जेन–जी आन्दोलनका अगुवा प्रतिनिधिहरूले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई राज्य पक्षसँग तयार भएको प्रस्तावित सम्झौतापत्रको ड्राफ्ट बुझाएका छन्। प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा उनीहरूले नेतृत्वमा भएको आन्दोलन र सरकारबीचका छलफलका आधारमा तयार गरिएको दस्तावेज औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। सम्झौता ड्राफ्टमा भाद्र २३ देखि २५ सम्मका घटनाको अनुसन्धान र अभियोजन, ती घटनाबाट प्रभावित शहीद तथा…