काठमाडौं । आज बौद्धधर्मालम्बीहरुको दोस्रो ठुलो चाड तोल ल्होसार पर्व मनाइदै छ । यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो । पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन् । बिषेशगरी यो पर्वमा आकाशतर्फ गहुँको पिठो उडाएर देवताको विजय र भुतको पराजयको कामना गरिन्छ । त्यसैगरी…