काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले समाजवादी संगठनको गम्भीर भएर छलफल गर्ने समय आएको बताएका छन् । यस्तै उनले पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय समाजवादी आन्दोलनकै विरोधाभाष भएको धारणा राखे । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूणर्…